Logo
Logo

‘ओलीले संसद अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्’


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदबाटै सबै समस्याको निकास खोज्न आग्रह गरेका छन् । नेता पौडेलले बुधबार बिहान सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारले पुरानै गतिविधि गर्न नहुनेतर्फ सचेत गराएका हुन् ।

‘६ महिनाको समयमा दुई–दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पु¥याउने एमाले ओलीले महिनौंदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गर्दैछ’, पौडेलले भनेका छन्, ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतिसामू समर्पण गरेको ठहर्नेछ ।’

पौडेलले देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षडयन्त्र नगर्न सुझावसमेत दिएका छन् ।

‘राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन आमनागरिकको ध्यानाकर्षण गर्दछु । देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो । समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्