Logo
Logo

एकताबद्ध र सुदृढ कांग्रेस निर्माणको विकल्प छैन : पौडेल


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । बुधबार सन्देश जारी गर्दै पौडेलले देउवालाई शुभकामना दिँदै सबैलाई समेटेर अगाडि बढ्न सुझव दिएका छन् ।

संविधान अहिले पनि खतरामुक्त नभएकाले भन्दै एकताबद्ध र सुदृढ कांग्रेस निर्माण गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

उनले सन्देशमा भनेका छन्, ‘हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौं । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् ।’

नेता पौडेलले दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेसको आजको आवश्यकता रहेको बताउँदै सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्