Logo
Logo

प्रकाशमानमाथि धनराजको कटाक्ष- लुकेर सबै भेडा बेचिदिने ?


13.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रकाशमान सिंहमाथि कटाक्ष गरेका छन् ।

डा शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले सिंहमाथि कटाक्ष गरेका हुन् । गुरुङले सिंहको नाम त लिएनन्, तर भेडाको विम्ब प्रयोग गरेर कटाक्ष गरेका थिए ।

उनले भने, ‘मलाई पटक्कै विश्वास छैन, म मान्दा पनि मान्दिन । मैले नमान्दा नमान्दै पनि तर एउटा कुरा अचम्म लागेको छ । बाबु भन्नुहुन्छ, छोरा यी भेडा होइनन् । तर छोरा लुकेर सबै भेडा बेचिदिन्छ । पिताजी भन्नुहुन्छ, बाबु राजनीतिमा नैनिकता हुन्छ । तर छोरा भन्छ, परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ ।’

नेतृत्व परिर्वतनको नारा दिएर कांग्रेसको सभापतिमा चुनाव लडेका सिंहले दोस्रो चरणमा सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्