Logo
Logo

जनताको स्वास्थ्यप्रति सरकार गम्भीर छ : मन्त्री झाँक्री


252
Shares

जनकपुर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताएकी छन् ।

जनकपुरधाममा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको शिलान्यास गर्नुहुँदै मन्त्री झाँक्रीले सरकारले जनताको स्वास्थ्य, शिक्षा र रोजगारीलाई सरकारले प्राथमिकता राखेको बताइन् ।

जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको निर्माणपछि प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख प्रगति हुने विश्वास व्यक्त गर्नुहुँदै मन्त्री झाँक्रीले सरकारले ल्याएको स्वास्थ्य योजनालाई सफल बनाउन सबैसँग आग्रह समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्