Logo
Logo

श्रीलंकामाथि नेपालको सानदार जित


252
Shares

काठमाडौं । साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले सानदार जित निकालेको छ । बुधरबार भएको खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

नेपाललाई सानदार जित दिलाउनका लागि रश्मी कुरमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुका आलेमगर, रजनी थाकर र सलोनी रानामगरले समाए एक–एक गोल गरिन् ।

खेलको पाँचै मिनेटमै रश्मिले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसको एक मिनेट नबिल्दै सविताले गोल गर्दा नेपालको अग्रता दोब्बर बन्यो ।

४३औं मिनेटमा मेनुकाले गोल गरेपछि नेपालले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो । ४८औं मिनेटमा रजनीले गोल गर्दै नेपाललाई ४–० ले अघि बढाइन् । ५३औं मिनेटमा सलोनीले गोल गर्दै नेपाललाई ५–० को फराकिलो अग्रता दिलाइन् । ८५औं मिनेटमा रश्मीले गोल गर्दै नेपालको फराकिलो जित पक्का गरिन् ।

जितसँगै नेपालको दुई खेलबाट ४ अंक पुगेको छ । समान ४ अंक नै रहेपनि नेपाल बंगलादेशसँग पछि छ । पराजित श्रीलंकाले तीन खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन । श्रीलंका पहिलो खेलमा भुटानसँग तथा दोस्रो खेलमा भारतसँग समान ५–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्