Logo
Logo

२८० संक्रमित थपिए, आठ जनाको मृत्यु


441
Shares

काठमाडौं । नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार २ सय १२ पिसिआर परिक्षणका क्रममा २ सय ५२ जना र २ हजार ७ सय ८२ एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ८ सय ८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ६५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ सय जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार ८ सय १६ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५ हजार ६ सय ३५ सक्रिय सक्रमित आइशोलेशनमा रहँदा ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

((

प्रतिक्रिया दिनुहोस्