Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

अन्तिम मत परिणाम पुष १० गतेभित्र आइसक्ने


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको सवै मत परिणाम पुष १० गतेभित्र आइसक्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै खाँणले पुष १० गतेसम्म निर्वाचन आयोगमा पार्टी पदाधिकारीको नाम बुझाईसक्नुपर्ने भएकाले त्यसअवधिमा नै महाधिवेशन अन्तर्गतको सवै मत परिणाम आइसक्ने बताएका हुन् ।

उनले महाधिवेशनको सम्पूर्ण काम पूरा भएपछि पार्टीको निर्वाचन समितिले पार्टीलाई प्रतिवेदन बुझाउने र सोहि आधारमा निर्वाचन आयोगमा नवनिर्वाचित समितिको नाम बुझाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्