Logo
Logo

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त


1.8k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।

क्यानले कम्पतान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गरेको छ । क्यानले अनुशासन उल्लंघन गरेको आरोपमा मल्ल र ऐरिलाई पदमुक्त गर्ने गर्ने निर्णय गरेपछि लामिछानेलाई कप्तानको जिम्मेवारी दिने भएको हो ।

 मल्ल र ऐरीसहित चार खेलाडीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ। 

प्रतिक्रिया दिनुहोस्