Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

धनराज गुरुङको अग्रता, पछ्याउँदै पूर्णबहादुर खड्का


14.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ ६ बजेदेखि मतगणना सुरू भएको हो ।

अहिलेसम्म परिणाम अनुसार सबैभन्दा बढी धनराज गुरुङले ५४३ मत ल्याएका छन् । अर्का उम्मेदवार पूर्णबहादुर खड्काले गुरुङलाई पछ्याइरहेका छन् । उनले ५०१ मत ल्याएका छन्।

यता, चन्द्र भण्डारी र विजयकुमार गच्छदारको पनि प्रतिस्पर्धा चलिरहेको छ । भण्डारीले ४७२ र गच्छदारले ४५४ मत ल्याएका छन् ।

उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्य, प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी सुजाता कोइराला र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाह प्रतिस्पर्धामा धेरै पछाडि छन् ।

कांग्रेस विधान अनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्