Logo
Logo

कांग्रेस रुपान्तरणमा लाग्ने उद्घोष


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई रुपान्तरण गर्न नयाँ ढंगबाट यात्रा सुरु गर्ने बताएका छन् । १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी रहेका कोइरालाले महाधिवेशन प्रतिनिधिहरूको सम्मानमा बुधबार आयोजित कार्यक्रममा पार्टीमा भागबन्डा र गुटबन्दीको राजनीति नगर्ने तर रुपान्तरणको अभियानमा लागिरहने बताउँदै भने,‘जसरी साढे ५ वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, फेरि पनि त्यसरी नै चल्न थाल्यो भने हामी सशक्त रुपमा प्रस्तुत हुन्छौं।’

कोइरालाले महाधिवेशनअन्तर्गत भएको प्रतिस्पर्धालाई स्वाभाविकरुपमा लिनुपर्ने धारणा राख्दै यसक्रममा कसले के गर्‍यो, किन गर्‍यो,के भयो भन्ने कुण्ठा पालेर आफू नबस्ने पनि बताए । पार्टी सभापतिमा पुनः निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई दिँदै कोइरालाले भने, ‘यो पार्टीभित्रको आन्तरिक लोकतन्त्र हो, निर्वाचन भएपछि हारजित स्वाभाविक हो । कसले के गर्‍योरु किन गर्‍यो भन्ने कुण्ठा म राख्दिनँ।’

पार्टी नेतृत्वको प्रतिस्पर्धामा पराजित भए पनि आफूले अघि सारेको राजनीतिक अजेन्डा भने स्थापित भएको दाबी उनले गरे। ‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणमा लागिसकेको छु । निरन्तर रुपमा तपाईंहरूको घरदैलोमा पुग्नेछु,’उनले भने,‘मेरो टिमका साथीहरू पनि पक्कै तपाईंहरूको घरदैलोमा पुग्नुहुन्छ र आगामी महाधिवेशनमा सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्