Logo
Logo

महामन्त्रीको मत गणना आज बिहान ८ बजेदेखि हुने


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज महामन्त्री पदको मतगणना हुँदैछ । बिहीबार बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ । सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन् ।

त्यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन् । यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्