Logo
Logo

देशभर बढ्यो चिसो, सतर्कता अपनाउन विभागको आग्रह


504
Shares

काठमाडौैं । देशभर चिसो बढेको छ । आज यो वर्षको आजसम्मको चिसो दिन रहेको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

‘बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ’ मौसमविद् गंगा नगरकोटी भन्छिन्, ‘दिउँसो काठमाडौं उपत्याकामा तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म पुग्नेछ ।’ काठमाडौंमा आज दिउँसो मौसम सफा रहने उनले जानकारी दिएकी छन् ।

यस्तै तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । बिहानको समयमा लागेको कुहिरो दिउँसोसम्म हट्ने जल तथा तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भोलिबाट थप चिसो बढ्ने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण चिसो बढ्ने भन्दै सर्तक रहन आग्रह गरिएको छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने भएकाले त्यसको प्रभावबाट आवश्यक सुरक्षा र सतर्कता अपनाउन भिागले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्