Logo
Logo

जस्तोसुकै परिस्थितिमा पनि नेपालसँगको सम्बन्ध बिगार्दैनौँ : भारतीय रक्षा मन्त्री सिंह


1.2k
Shares

काठमाडौं । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले जस्तोसुकै परिस्थितिमा पनि नेपाल र भारतबीच सम्बन्ध बिगार्न नचाहेको बताए ।

भारतको उत्तराखण्ड राज्यमा मङ्गलवार भएको एक कार्यक्रममा उनले केही तत्त्वहरूले दुई देश बीचको सम्बन्ध बिगार्न चाहेको आरोप लगाए ।

उनले तेस्रो पक्ष को हो भन्नेबारे केही खुलाउनुभएको छैन । उनले नेपालसँग भारतको रोटी–बेटी तथा सांस्कृतिक सम्बन्ध रहेको बताए । साथै उनले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै पनि बिगार्न नचाहेको बताए । उनले भन्नुभएको छ,‘जेसुकै भए पनि हामीलाई शिर झुकाउनु किन नपरोस् तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ ।’

सिंहले सन् २०२० को मे महिनामा नेपाल, भारत र चीन बीचको त्रिदेशीय बिन्दु लिपुलेक हुँदै तिब्बत जोड्ने मानसरोवर सडकको उद्घाटन गरे ।नेपालले आफ्नो दाबी गर्दै आएको लिपुलेक र लिम्पियाधुरा क्षेत्रबाट सडक निर्माण गरिएकाले भारतसमक्ष त्यसको कुटनीतिक रूपमै विरोध जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्