Logo
Logo

आफूलाई विजयी ठानेको छु : सुजाता कोइराला


2.6k
Shares

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले आफूलाई विजयी ठानेको बताएकी छन् । पार्टीको चुनावमा उपसभापति पदमा हारे पनि आफूले विजयी महसुश गरेको बताएकी हुन् ।

‘नेपाली काँग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु’, उनले उपसभापति पदमा पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, ‘तपाईंहरुले दिनुभएको अमूल्य मतको सधै सम्मान गर्नेछु । मैले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु ।’

उनले भनेकी छन्, ‘मैले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । काँग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ ।’

देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका महिलाहरुको मुहारमा आशा र उत्साह देखेको भन्दै उनले यसले आफूलाई अझै हौसला थपेको बताएकी छन् ।

‘मैले उपसभापति जस्तो महत्वपूर्ण पदमा मत माग्दै गर्दा हजारौं महिलाहरूमा जुन हौसला देखेँ त्यसले निकट भविष्यमा महिला काँग्रेसको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ’, उनले भनेकी छन्, ‘यो मेरा लागि राजनीतिक जीत हो । म भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिवद्ध भई समानताको यो संघर्षमा अविचलित रही बढिरहने प्रण गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्