Logo
Logo

एमालेको संसद अवरोध एमसीसी पास गर्ने खेल त होइन : भीम रावल


6.4k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा अवरोध गरेर एमसीसी सम्झौता अनुमोदन गर्ने खेल चालेको हुनसक्ने आशंका गरेका छन् ।

आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाउँदै नेता रावलले यो एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनेर पनि उनले प्रश्न गरेका हुन् ।

‘सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ?’ सामाजिक सन्जालमा रावलले लेखेका छन्, ‘यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’ उनले यस्तो गरियो भने राष्ट्रघात ठहर्ने समेत बताएका छन् ।

नेकपा एमालेले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै संसद बैठकमा विरोध जनाउँदै आएको छ । एमालेको विरोधका कारण संसदको बैठक यही पुस ६ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्