Logo
Logo

कर्णाली प्रदेशसभामा छुट्टै अविष्कार विधेयक दर्ता


378
Shares

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयमा ‘अन्वेषण तथा आविष्कार’लाई प्रवद्र्धन गर्न छुट्टै कानून बनाउन विधेयक दर्ता भएको छ ।
विज्ञान तथा प्रविधि क्षेत्रको विकासको लागि भन्दै प्रदेशसभा सचिवालयमा ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक, २०७८’ दर्ता गरिएको हो ।

प्रदेशसभा सदस्य तथा पूर्वकानूनमन्त्री नरेश भण्डारीले गैरसरकारी विद्येयकका रुपमा उक्त विधेक बुधबार प्रदेश सभामा दर्ता गरेका हुन् । विज्ञान प्रविधिको क्षेत्रमा नव प्रवर्तन, अन्वेषण तथा आविष्कार गर्दै प्रतिभाशाली वैज्ञानिक र प्राविधिक जनशक्तिलाई परिचालन गरी समृद्धियुक्त समाज निर्माण गर्ने विधेयकको उद्देश्य छ ।

ऐनमार्फत देशभित्र र बाहिरका आविष्कारसँगै नवीन सोच र अवधारणालाई स्थान दिने प्रदेशसभा सदस्य भण्डारीले बताएका छन् ।
कर्णालीको समृद्धिका लागि विभिन्न क्षेत्रका प्रतिभाहरूलाई केन्द्रित गरी उनीहरूको उत्पादनलाई बजारीकरण गर्ने काम आविष्कार केन्द्रले गर्ने बताइएको छ ।

जसले गर्दा पलायन हुँदै गरेको प्रतिभालाई उत्पादनसँग जोड्ने र ‘नयाँ अवधारणा ल्याउ, पैसा लिएर जाऊ’ नीति अख्तियार गरिने सांसद भण्डारीले बताए । नव–प्रवर्तन, अन्वेषण तथा आविष्कारका लागि कर्णाली प्रदेश सभा सचिवालयमा दोस्रो पटक दर्ता गरिएको गैरसरकारी विधेयकले संघीयताको सुदृढीकरणमा समेत योगदान पु¥याउने उनको विश्वास छ ।

सांसद भण्डारीले यसअघि सिंजा ‘सभ्यता तथा विकास विधेयक, २०७८’ गैरसरकारी विधेयकरुपमा प्रदेश सभामा दर्ता गराइसकेका छन् । विधेक आगामी हिउँदे अधिवेशनमा पेस हुने र सरकारको सहयोगमा पास हुने उनले बताए ।

विधेयकमा प्रतिष्ठानले विज्ञान तथा प्रविधिका विषयमा प्राथमिकताको आधारमा अध्ययन, अनुसन्धान तथा विकास र प्रबर्धन गर्ने, प्रविधि हस्तान्त्तरण सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्ने सम्बन्धमा प्रदेश सरकारलाई सहयोग पु¥याउने व्यवस्था गरिएको छ । साथै विज्ञान तथा प्रविधिसम्बन्धी प्रादेशिक प्रलेख तथा सूचना प्रणालीको विकास गरी सेवा प्रदान गर्नेलगायतका काम, कर्तव्यहरू उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्