Logo
Logo

कांग्रेस महामन्त्रीमा गगनको पराकिलो अग्रता, विश्वप्रकाश र प्रदीपबीच प्रतिस्पर्धा


4.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भइरहेको मतगणनामा गगन थापाले शुरुवातमै फराकिलो अग्रता लिएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्रीको मतगणना अहिले जारी छ । जारी मत गणनामा ६०० भोट गन्दा गगन थापाले ३८१ भोट पाएका छन् । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले २३१ र तेस्रो स्थानमा रहेका प्रदीप पौडेलले २०६ मत पाएका छन् ।

यस्तै, प्रकाशशरण महतको २०१ र मीनेन्द्र रिजालले १०२ मत पाएका छन् । महामन्त्री पदको मतगणना तीव्र रुपमा भइरहेको छ । दिउँसो ३ बजेअगावै नतिजा आउने गरी तीन ठाउँमा मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्