Logo
Logo

कांग्रेस महामन्त्रीमा गगनको अग्रता कायमै, विश्वप्रकाश र प्रदीपबीच कडा प्रतिस्पर्धा


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि जारी मतगणनामा अहिलेसम्म गगन थापाले फराकिलो अग्रता लिएका छन् । ९०० मत गन्दा गगनले ५५९ मत पाएका छन् ।

Gagan-Thapa

यस्तै, दोस्रो स्थानका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ ।

सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन् ।

बिहीबार साढे १० बजेबाट मतगणना सुरु भएको हो । आज ३ बजेसम्ममा मत परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

९०० मतगणना

गगन कुमार थापा ५५९
विश्व प्रकाश शर्मा ३५७
प्रदिप पौडेल ३००
प्रकाश शरण महत २९७
मिनेन्द्र रिजाल १५३
राजाराम कार्की ३१

प्रतिक्रिया दिनुहोस्