Logo
Logo

कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालद्वारा राजीनामा


1.6k
Shares

काठमाडौं । कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएका छन् । उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवलाई राजीनामा पत्र बुझाएका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय भएका थिए । महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन् । त्यसै डा प्रकाशशरण महतले १५५०, प्रदीप पौडेल १४०९, डा रिजालले ८०९ र डा राजाराम कार्कीले १०७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्