Logo
Logo

नेपाल एयर होस्टेज एकेडेमीलाई ‘एमएसएन एक्सिलेन्स’ अवार्ड


189
Shares

काठमाडौं । दुबई, मोडल संघ नेपालको आयोजनामा एमएसएन एक्सिलेन्स अवार्ड भव्य रुपमा सम्पन्न भएको छ ।

दुबईमा भएको कार्यक्रममा नेपाल दुबईमा रहेका विभिन्ने पेशामा सफलता प्राप्त गरेका गरेका व्यक्ति तथा संस्था साथै सामाजिक क्षेत्रमा योगदान पुराएकाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

उक्त अवसरमा नेपाल एयरहोस्टेज एकाडेमीलाई नेपालकै उत्कृष्ट एयरहोस्टेज तालिम सेन्टर एमएसएन एक्सिलेन्स अवार्ड २०२१ अवार्ड प्रदान गरिएको थियो । उक्त एकाडेमीले विगत १० वर्षदेखि निरन्तररुपमा एयर होस्टेजको तालिम दिँदै आएको छ ।

उक्त अवार्ड आयोजक सस्थाका अध्यक्ष डेभिल सिंह राजपुतले नेपाल एयर होस्टेज एकाडेमीका निर्देशक रेजिना तुलाधर र प्रशिक्षक गौरीकला थापालाई नेपालमै उक्त अवार्ड प्रदान गरेका हुन् ।

उक्त कार्यक्रम एनआरएनए आईसिसिका पूर्व सल्लाहकार एंव वरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । कार्यक्रममा ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुत्र्दाह बकर विषेश उपस्थिति रहेको थियो ।

कार्यक्रममा संचार उद्यमतर्फ कर्पोरेट मिडिया नेटवर्कका अध्यक्ष उज्जल जंग पराक्रम शाह, समाजसेवा तर्फ रोटरी क्लब अफ कपन २०२०,२०२१ का प्रेसिडेण्टर समाजसेवी शिवहरि खनाल, गायनतर्फ रक सिंगर बिनोद ढकाल र मोफसल पत्रकारितातर्फ पत्रकार बिष्णु गौतम विभुषित भएका थिए ।

त्यस्तै सामाजिक अभियान तर्फ बिर्ता जेसिसका राजेश बहादुर धिमाल, सौन्दर्यशास्त्रका विभिन्न विधा तर्फ व्युटीसियनहरु रेखा शाह एमएसएन एक्सिलेन्स अवार्ड २०२१ बाट विभुषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्