Logo
Logo

प्रदेश प्रमुख खापुङद्वारा ब्रम्हकुमारी राजयोगको निर्माणाधिन भवन अवलोकन


882
Shares

विराटनगर । प्रदेश नं १ का प्रमुख परशुराम खापुङले ब्रम्हकुमारी राजयोग केन्द्रको वाचन श्रवण तथा गढि गाउँपालिका सुनसरीमा निर्माणाधिन भवनको निरिक्षण गरेका छन् ।

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र प्रदेश नं १ की मुख्य संञ्चालिका ब्रम्हाकुमारी गीताको निमन्त्रणामा प्रदेश प्रमुख खापुङ विराटनगर १० र ब्रम्हाकुमारी पथस्थीत केन्द्रको भवन पुगेका हुन् । सेवा केन्द्रकी ब्रम्हाकुमारी गीताले स्वागत गर्दै प्रदेश प्रमुखको आगमनले भवनमा उज्यालो छाएको बताए ।

प्रदेश प्रमुख खापुङले आफू भवनमा छिर्दा अत्यन्तै फरक अनुभूति भएको बताए । शान्त र सुमधुर धुनले प्रफुल्लित तुल्याएको बताउँदै हप्तादिन अगाडि तेह्रथुममा सेवा केन्द्रको भवनको शिलान्यास गर्न पाएको अनुभव सुनाए ।

प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव अमृतबहादुर खापुङले पनि प्रार्थना र शिक्षाले मानिसलाई तुरुन्त परिवर्तन गराउन सक्ने क्षमता पाएको बताए ।

राजयोगको प्रार्थनापश्चात प्रदेश प्रमुखले सुनसरीको गढी गाउँपालिका वडा नं. १ मधेलीस्थीत निर्माणाधिन भवनको अवलाेकन गरे । २ विगाहाभन्दा बढि क्षेत्रफलमा रहेको निर्माणधिन भवनस्थलमा राजयोग केन्द्रले शिवशक्तिका विभिन्न स्वरुपहरु निर्माण गरिरहेको छ । ३० फिट अग्लो शिवलिङ्ग, त्यसको वरिपरि राखिएका शिवका महिमा, पिरामिडशैलीको मन्दिर बनिसकेको छ भने बहुउद्देश्यीय भवन निर्माणधिन अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्