Logo
Logo

महिला साफ च्याम्पियनसिपमा आज नेपालले भुटान संग खेल्दै


1.2k
Shares

काठमाडौं । १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्ने भएका छन् । नेपाल र भुटानबीचको खेल बेलुका पौने ७ बजे बङ्गलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुँदैछ ।

नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–गोलले हराएको थियो । भुटानले पहिलो खेलमा श्रीलङ्कालाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६–० र तेस्रो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो ।

प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । आयोजक बङ्गलादेश र नेपालले समान दुई खेलमा चार–चार अङ्क जोडेका छन् । भुटानले तीन खेलबाट ३ अङ्क जोडेको छ र फाइनलको सम्भावना कायमै राखेको छ । अर्को खेल नेपालले भारतसंग आइतबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्