Logo
Logo
एमालेको अन्तर्पार्टी निर्देशन

एमाले नेताहरुको कार्यविभाजन, कसलाई के दिइयो जिम्मेवारी ? (पूर्णपाठ)


5.2k
Shares

काठमाडौं । नेकपा एमालेले १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि नेताहरुको कार्यविभाजन गरेको छ । एमालेले अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिएका छन् । एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने दिइएको छ भने अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा पाएकी छन् ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन् । त्यस्तै महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मा पाएका छन् । उपाध्यक्ष विष्णु पौडेललाई सांगठनिक कामको अनुगमन गर्ने जिम्मा दिइएको छ ।

त्यस्तै उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभाग पाउँदा पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मा पाएका छन् ।

अर्का उपमहासचिव विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन प्रमुको जिम्मा पाएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसाले भने अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।

त्यस्तै सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखको जिम्मा दिइएको छ । गोकर्ण विष्टलाई भने ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै स्थायी कमिटी सदस्य मणि थापाले भने भूमि व्यवस्था विभागको जिम्मा पाएका छन् ।

यस्तो छ अन्तर्पार्टी निर्देशन

प्रतिक्रिया दिनुहोस्