Logo
Logo

अस्पतालहरुमा स्वास्थ्य उपकरण वितरण गर्दै राज्यमन्त्री खापुङ


1.4k
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले तेह्रथुम जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण वितरण गरेका छन् ।

शुक्रबार (आज) तेह्रथुम जिल्ला अस्पतामा एक कार्यक्रमका गर्दे राज्यमन्त्री खापुङका प्रमुख स्वकीय सचिव गजेन्द्र कन्दङवाले विभिन्न स्वास्थ्य सामग्री तथा उपकरण बितरण गरेका हुन् ।

वितरण गरेका स्वास्थ्य उपकरणमा पोटेवल भेन्टीलेटर एक थान, बाईप्याप मेसिन दुई थान, अक्सिजन कन्सेन्ट्रेटर लि को दुई थान, अक्सिजन सिलिन्डर ५० लिटरकोको पाँच थान गरि ११ लाख ४८ हजार ४ सय ५८ रुपौया बरावरको स्वास्थ्य सामाग्री तथा उपकरण प्राप्त भएको जिल्ला अस्पताल तेह्रथुमका निमित्त मेडिकल सुपरिटेन्डेट डा.अनुपम घिमिरेले बताए ।

घिमिरेका अनुसार यसअघि पनि राज्यमन्त्री खापुङकै पहलमा जिल्ला अस्पताल तेह्रथुम सहित छथर अस्पताल, फेदाप अस्पताल तथा जिल्ला अस्पताल धनकुटालाईलाई समेत विभिन्न स्वास्थ सामाग्री तथा उपकरण वितरण गरिएको छ ।

खापुङको पहलमा हाल सम्म जिल्लामा २ करोड भन्दा बढीको स्वास्थ्य सामाग्री तथा उपकरण जिल्ला भित्रिएको राज्यमन्त्री खापुङका प्रमुख स्वकीय सचिव गजेन्द्र कन्दङवाले बताए ।

खापुङ राज्यमन्त्री भएपछि आफ्नो कार्यकालमा नागरिकहरलाई स्वास्थ्य पहुँचबाट बञ्चित हुन नदिने बताउदै आएका छन् । उनले केहि दिनमै पुन फेदाप असपताल, छथर अस्पताल र आठराई अस्पताललाई समेत विभिन्न स्वास्थ्य सामाग्री बितरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्