Logo
Logo

सर्वदलीय बैठक बोलाउने तयारी


2.8k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने भएका छन् । शुक्रबार प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनेबारे सहमत भएका छन् । सोहीअनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको अर्को बैठक पुस ६ अघि नै बैठक बोलाउने तयारी गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रधानमन्त्री र अध्उक्ष प्रचण्डबीच सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको देउवा–प्रचण्ड भेटपछि प्रचण्डको सचिवालयले जनाएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्