Logo
Logo

एमाले केन्द्रीय कार्यालयका सचिव अधिकारीद्वारा पद बहाली


945
Shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन् ।

उनले महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरे ।

डा.अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्