Logo
Logo

एमालेमा सचिवको वरियताक्रम हेरफेर

रघुवीर र छविलालको घटुवा, गोकर्ण र योगेशको बढुवा


23.2k
Shares


काठमाडौं । नेकपा एमालेले सचिवहरुको वरियताक्रम सच्याएको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएपछि उनले सचिवहरुको वरियताक्रम सच्याएका हुन् ।

गत मंसिर २६ बसेको एमाले केन्द्रीय कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड सहित वरियताक्रम निर्धारण गरेको थियो । अध्यक्ष ओलीले जारी गरेको अपानी १मा सचिवको वरियताक्रम सच्याएका हुन् ।

अपानी–१ अनुसार सचिवद्धय गोकर्ण विष्ट र योगेश भट्टराई बढुवामा परेका छन् । यसअघि विष्ट र भट्टराईभन्दा अगाडि रहने गरी सचिवद्धय रघुवीर महासेठ र छविलाल विश्वकर्माको प्रस्ताव गर्दै बैठकले निर्णय गरेको थियो ।

९औँ महाधिवेशनमा सचिव भैसकेको र १०औं महाधिवेशनमा लोकप्रिय मत ल्याएर विजयी भएका विष्ट र भट्टराईलाई भन्दा वरियताक्रम निर्धारण गर्दा अध्यक्ष ओलीले महासेठलाई अघि राखेको भन्दै एमालेभित्रै चर्को आलोचना भएको थियो । महासेठ ९औं महाधिवेशनमा सचिव र केन्द्रीय सदस्य दुबै पदमा पराजित भएका थिए ।

यस्तै टोपबहादुर रायमाझी र लेखराज भट्ट भने सचिवको पहिलो र दोस्रो बरियताक्रममै रहेका छन् । रायमाझी र भट्ट पुर्व माओवादी केन्द्रका नेता हुन् । सच्याएको वरियताक्रममा क्रमश रायमाझी र भट्टपछि तेस्रोमा विष्ट रहेका छन् भने चौथोमा भट्टराई छन् । त्यसैगरी पाँचौ र छैठौंमा महासेठ र विश्वकर्मा रहेका छन् । सचिवको सातौं वरियताक्रममा पद्मा अर्याल रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्