Logo
Logo

कांग्रेस सहमहामन्त्री थारुतर्फ उमाकान्तको अग्रता


1.8k
Shares

काडमाडौं । नेपाली कांग्रेस थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सहमहामन्त्रीको १ हजार गन्दा उमाकान्तले ५४२ मत पाएका छन् ।

त्यस्तै तेलुलाल चौधरीले ४४२ मत पाएका छन् । उमाकान्तले एकसय मतको अग्रता लिएका छन् । उमाकान्त शेरबहादुर देउवा प्यानलका हुन् भने तेजुलाल शेखर कोइराला समूहका उम्मेदवार हुन् ।

सहमहामन्त्री (पिछडिएका क्षेत्र)मा भने बद्री पाण्डे र जीवन शाहीबीच कडा प्रतिस्पर्धा देखिएको छ । पाण्डेले १०६ मत ल्याउँदा शेरबहादुर देउवा समूहका शाहीले १०० मत पाएका छन् । पाण्डेले ६ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले ६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्