Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

पाँच सहमहामन्त्रीको उम्मेदवारमध्ये देउवा पक्षका चार जनाको अग्रता


5.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री टुंगो लगाउन मतगणना जारी छ । आठमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको टुंगो बिहीबार भइसकेको छ ।

शुक्रबार भइरहेका मतगणनामा पाँच सहमहामन्त्रीमध्ये सभापति शेरबहादुर देउवा पक्षका चार जना उम्मेदवारले अग्रता लिएका छन् । मुस्लिमतर्फ सहमहामन्त्रीमा सभापति देउवा प्यानलका फर्मुल्लाह मन्सुर अगाडि छन् ।

१२५८ मतगणना हुँदा उनले शेखर कोइराला समूहका शेख वकिललाई पछि पारेका छन् । मन्सुरले ७२३ मत पाएका छन् भने वकिलले ५२९ मत ल्याएका छन् ।

यस्तै, खस/आर्यतर्फको सहमहामन्त्रीमा सभापति देउवा प्यानलका किशोरसिंह राठौर अगाडि छन् । मधेशीतर्फ पनि सभापति देउवा समूहका महेन्द्र यादवले अग्रता लिएका छन् । ९०० मत गणनामा महेन्द्रले ५३० मत पाएका छन् ।

यस्तै, शेखर कोइराला समूहका रामकृष्ण यादव ३९१ मतसहित उनलाई पछ्याइरहेका छन् । अर्का उम्मेदवार रञ्जित कर्णले १०८ मत पाएका छन् । थारू क्लस्टरको सहमहामन्त्रीमा देउवा समूहका उमाकान्त चौधरीले अग्रता लिएका छन् ।

१ हजार मत गणनामा उमाकान्तले ५४२ मत पाउँदा शेखर कोइराला पक्षका तेलुलाल चौधरीले ४४२ मत पाएका छन् । पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा भने शेखर कोइराला प्यानलका बद्री पाण्डे अगाडि छन् । प्रारम्भिक मतगणनामा उनले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका देउवा समूहका उम्मेदवार जीवनबहादुर शाहीलाई पछि पारेका छन् ।

११३ गणना गर्दा बद्री पाण्डेले ६४ र शाहीले ४७ मत पाएका छन्। कुनै समूहमा नरहेका चेतराज बरालले २ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्