Logo
Logo

पूँजीगत खर्च बढाउन सरोकारवालालाई अर्थमन्त्रीको निर्देशन


630
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत विकास खर्च निरासाजनक बन्दै गएको भन्दै पूँजीगत खर्च बढाउन सम्बन्धीत निकायका सरोकारवालालाई ताकेता गरेका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा सरोकारवाला विकासे मन्त्रालयका मन्त्रीहरुलाई बोलाएर पूँजीगत खर्च बढाउन ताकेता गरेका हुन् ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न मन्त्रालयहरुलाई आग्रह गरे । उनले समयमै पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेकाले विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न आग्रह गरेका छन् ।

अर्थमन्त्री शर्माले भने, ‘बजेटको ढिलासुस्ती अर्थ मन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन,’ उनले मन्त्रीहरुसाग भने, ‘आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च भएको हुनुपर्छ ।’ समयमै खर्च गर्न अर्थ मन्त्रालयले गर्नुपर्ने समन्वयलगायत काम समयमै गर्ने प्रतिवद्धता उनको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाईँ मन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानी मन्त्री उमाकान्त चौधरीलगायत सहभागिता थिए ।

प्रतिक्रिया दिनुहोस्