Logo
Logo

भीम रावल एमाले सल्लाहकार परिषद्को सदस्य


6.9k
Shares

काठमाडौं । नेकपा एमाले नेता भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यको जिम्मेवारी दिइएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले नीतिअनुसार नै सल्लाहकारको जिम्मेवारी प्राप्त गरेको बताएका हुन् । उनले भने, ‘केन्द्रीय कमिटीमा हुनुहुन्न। त्यसैले त्यहाँ जिम्मेवारी प्रदान भएन । हाम्रो नीतिले नै उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्छ ।’

थप जिम्मेवारुीका लागि भने पार्टी अध्यक्षसँग परामर्श गर्नुपर्ने उनले बताए । उनले भने, ‘उहाँले चाहनुभयो भने अन्य जिम्मेवारीका लागि अध्यक्षसँग परामर्श गर्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्