Logo
Logo

सभामुखले राजीनामा दिनुपर्छ : महासचिव पोखरेल


945
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

एमाले दोस्रो केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो माग गरेका हुन् ।

‘संसद बैठकमा जारी अवरोध हटाउनका लागि सत्तापक्षले नै भूमिका खेल्नुपर्ने हुन्छ’ महासचिव पोखरेलले भने, ‘सभामुखले आफ्नो गल्ती सच्याउँनुपर्छ वा राजीनामा दिनुपर्छ ।’

नेकपा समाजवादीका सांसदलाई एमालेले कारवाहीका लागि गरेको निर्णय सभामुखकै कारण कार्यान्वयन नभएको एमालेले जनाएको छ । सोही कारण एमालेले संसद बैठक निरन्तर अवरोध गर्दै आएको छ ।

एमाले बैठकले स्थायी कमिटी, पोलिटव्युरो गठनका साथै नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । यस्तै प्रदेश कमिटीको पदाधिकारी चयनका साथै विधान अनुसार केन्द्रीय कमिटीमा सदस्य मनोनित गरेको उनले बताए । एमाले पुस महिना सुरु भएसँगै देशव्यापी रुपमा संगठन विस्तारमा केन्द्रित हुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्