Logo
Logo

यी हुन कांग्रेसका १३ पदाधिकारी


2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट १३ ​पदाधिकारीको टुंगो लागेको छ ।

सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन् भने पदाधिकारीमा अधिकांश नयाँ अनुहार आएका छन् । पदाधिकारीमा देउवासहित उनका आठ जना छन् । शेखर कोइराल पक्षबाट चार जना निवार्चित भएका छन् भने प्रकाशमान सिंह पक्षबाट एक जान रहेका छन् ।

उपसभापतिमा पूर्वबहादुर खड्का र धनराज गुरुङ आएका छन् । उनीहरु पहिलो निर्वाचित उपसभापति हुन् । यसअघि पार्टी सभापतिले उपसभापति मनोनित गर्दै आएको थियो । खड्का देउवा समूहबाट निर्वाचित भएका हुन भने गुरुङ कोइराला समूहबाट निर्वाचित हुन् ।

महामन्त्री पदमा युवा पुस्ताका दुई नेता गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापा कोइराल समूहबाट हुन् भने शर्मा सिंह समूहबाट निर्वाचित भएका हुन् ।

त्यस्तै सहमहामन्त्रीमा डिना उपाध्याय (महिला), भीष्मराज आङदेम्बे (आदिवासी जनजाति), फरमुल्लाह मन्सुर (मुस्लिम), किशोर सिंह राठौर (खस आर्य), उमाकान्त चौधरी (थारू), महेन्द्र यादव (मधेशी), जीवन परियार (दलित) र बद्री पाण्डे (पिछडिएको क्षेत्र) निर्वाचित भएका छन् ।

परियार र पाण्डे शेखर कोइराला पक्षका हुन् भने अरु सबै देउवा पक्षका हुन् । कोषाध्यक्ष भने केन्द्रीय कार्यसमितिले चयन गर्नेछ ।

कांग्रेको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने व्यवस्था छ  । त्यसमध्ये कोषाध्यक्ष केन्द्रीय कार्यसमितिले चयन गर्छ भने अरू पदाधिकारी महाधिवेशन प्रतिनिधिले प्रत्यक्ष मतदानबाट निर्वाचित हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्