Logo
Logo

परीक्षामा कांग्रेस पदाधिकारी


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका आठ सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहका उम्मेदवार हावी भएका छन् । मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न आठ सहमहामन्त्रीको मतगणनामा देउवा समूहबाट उम्मेदवार बनेका छ नेताले बाजी मारेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनामा पिछडिएको क्षेत्र र दलितबाहेक अरू सबै समूहको सहमहामन्त्री देउवा पक्षीय नेताले हात पारेका छन् । पिछडिएको क्षेत्रबाट बद्री पाण्डे र दलित समूहबाट जीवन परियार निर्वाचित भएका छन् । उनीहरू शेखर कोइराला टिमका उम्मेदवार हुन् ।

त्यसबाहेक थारु, मधेसी, खसआर्य, मुस्लिमका साथै महिला र आदिवासी जनजातितर्फका सहमहामन्त्रीमा देउवा पक्षका उम्मेदवार निर्वाचित भएका छन्। देउवा समूहबाट मधेसीमा महेन्द्र यादव, खसआर्यमा किशोरसिंह राठौर,थारुमा उमाकान्त चौधरी र मुस्लिमतर्फ फरमुल्लाहा मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।

नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका बाजुराका पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पछि पार्दै सहमहामन्त्रीमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । शाहीलाई २ सय ७८ मतान्तरले पछि पारेका पाण्डेले २ हजार ४ सय ११ मत प्राप्त गरेका छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्