Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

यस्तो बन्यो देउवाको टिम : पदाधिकारीमा दुई जना पुराना, अरू सबै नयाँ


4.9k
Shares

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । कांग्रेस पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको हो ।

काँग्रेस सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन् । देउवा नेतृत्वको १३ सदस्यीय पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको हो ।

महाधिवेशनबाट दुई जनाबाहेक पदाधिकारीमा सबै नयाँ अनुहार रहेका छन् । शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो ।

जस अनुसार सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका छन् । उनीहरूमध्ये देउवा र खड्कामात्रै यसअघि पदाधिकारीमा रहेका थिए ।

कांग्रेसको अघिल्लो कार्यसमितिमा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का र शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत र सुनिल थापा रहेका थिए ।

उनीहरूमध्ये देउवा १४औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका छन् । त्यस्तै खड्का उपसभापतिमा निर्वाचित भएका छन् । सभापतिमा लडेका निधि र उपसभापतिमा लडेका गच्छदार पराजित भएका छन् ।

शशांक कोइराला, सीतादेवी यादव र सुनिल थापा यसपालि पदाधिकारीमा उम्मेदवार थिएनन् । सभापति लडेका निधि र प्रकाशमान सिंहले देउवालाई समर्थन गरेका थिए । त्यस्तै महामन्त्रीमा उम्मेदवार बनेका प्रकाशशरण महत पनि पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्