Logo
Logo

भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना, एक बालकको मृत्यु, ५ जना घाइते


693
Shares

काठमाडौं । भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । त्यस्तै पाँच जना घाइते भएका छन् ।

धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट बिहीबार टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरो बस पलियामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनमा चार वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । अन्य पाँच जना घाइते छन् ।

घाइतेहरूको भारतमै उपचार भइरहेको छ भने मृतकको शव पनि भारतमै छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्