Logo
Logo

नेशनल लाईफ इन्स्योरेन्सको ‘जीवन श्री सावधिक अमृत बीमालेख’ योजना


693
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमालेख नामक नयाँ सावधिक बीमा योजना ल्याएको छ ।

कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरेकी हुन् ।
बीमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमांकको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखवाट बीमितलाई ८० वर्ष उमेर पछि प्राप्त गर्ने बीमांक रकम र आर्जित वोनसले आफु र आफुप्रति आश्रीत ब्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

यसरी बीमालेखबाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ भने सँगसँगै वचत र सुरक्षा पनि उपलब्ध हुनेछ । आफ्नो आय श्रोत अनुसार ५० हजारभन्दा माथिसम्मको बीमा गर्न सकिने कम्पनीको भनाइ छ । यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ बीमांक र वोनस प्राप्त हुने जनाइएको छ ।

जोखिम वहन पनि हुने र वचत पनि हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्