Logo
Logo

समाजवादी प्रेस संगठनको ५ पुसमा विशेष भेला


2.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ ।

उक्त भेलामा करीब ५०० जना सहभागी हुनेछन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने सो भेलामा गठबन्धनका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल हुने भएको छ ।

फाइल फोटो

संगठनका अध्यक्ष शम्भु श्रेष्ठले विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई संकुुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

गत वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन भएको दिनलाई प्रतिकात्मक रुपमा मानेर संगठनले देशभरका कमिटीलाई उक्त दिन विरोधस्वरुप जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्