Logo
Logo

युवा संघद्धारा वीर हस्पिटलमा सरसफाई


6.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजावादी निकट युवा संघ नेपालको पिपुल्स भोलिन्टिर्सले शनिबार सरसफाई गरेको छ ।

काठमाडौंको वीर हस्पिटलमा सरसफाई गरिएको हो । ‘महिनाको दुई दिन दुई घण्टा मेरो, राष्ट्रका लागि’ भन्ने नाराका साथ सरसफाई गरिएको युवा संघले जनाएको छ ।

बिहान ११ बजेदेखी १ बजेसम्म दुई घण्टा पिपुल्स भोलिन्टिर्स विभागको टिमले सरसफाई गरेको युवा संघका प्रवक्ता एवं उपमहासचिव सन्जिप राईले बताए । सो कार्यक्रमको संघका केन्द्रिय सल्लाहकार समितिका सभापति हस्तबहादुर शाहीले उदघाटन गरेका थिए ।

टिमले यसअअि पनि टिचिङ हस्पिटल, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरलगायत ठाउँको सफाई गरिसकेको संघका प्रवक्ता तथा पिपुल्स भोलिन्टियर्सका इन्चार्ज राइले बताए । विभागले यस्ता विभिन्न सामाजिक कार्यहरू गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्