Logo
Logo

खगेन्द्र राईलाई राष्ट्रिय जनसाँस्कृतिक महासंघको जिम्मेवारी


3.5k
Shares

काठमाडौं । नेकपा एमालेले खोटाङको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । एमाले प्रमुख सचेतक एवं पोलिटब्युरो सदस्य विशाल भट्टराईलाई इन्चार्ज र केन्द्रीय सदस्य उषाकला राईलाई सह–इन्चार्जको जिम्मेवारी दिएको हो । भट्टराई यसुअघि नै खोटाङ जिल्ला इन्चार्ज रहेका थिए ।

खोटाङकै एमालेका केन्द्रीय सदस्य खगेन्द्र राईलाई राष्ट्रिय जनसाँस्कृतिक महासंघ तथा सम्बद्ध संगठनहरुको इञ्चार्जको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यमा मनोनित रमेश पौडेलले नेपाल खेलकुद महासंघ सह–इञ्चार्जको भूमिका पाएका छन् । पौडेल नेपाल खेलकुद महासंघका केन्द्रीय कमिटी अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्