Logo
Logo

केपी ओली निटक संचालक रहेको ‘समानान्तर निर्माण सेवा’मा अख्तियारको छापा, अरर्बौं राजस्व छलीको आशंका


34.1k
Shares

समानान्तरका संचालक अच्यूतप्रसाद खरेल

काठमाडौं । राजस्व अनुसन्धान विभागले समानान्तर निर्माण सेवाको कार्यालय समानान्तर टावर पुरानो बानेश्वरमा छापा मारेको छ । आयकर छली र नक्कली भ्याटबिलका आधारमा कारोबार गरेको आरोपमा छापा मारेर कागजात जफत गरिएको राजस्व अनुसन्धान विभागका एक अधिकारीले बताएका छन् । विभागले शुक्रबार दिउँसो समानान्तर निर्माण सेवाको कार्यालयमा छापा मारेको हो । विभागले समानान्तर निर्माण सेवाबाट खातापाता र कम्प्युटर लगेको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रायः सबै सरकारी भवनका ठेक्का सेटिङमा लिँदैआएका समानान्तर निर्माण सेवाको कार्यालयबाट राजस्व अनुसन्धान विभागले खातापाता नियन्त्रणमा लिएको छ । सरकारी भवनका ठेक्का सेटिङमा लिँदैआएको समानान्तरका संचालक अच्यूतप्रसाद खरेल हुन् ।

समानान्तर निर्माण सेवाले सरकारी निकायका अधिकारीसँग सेटिङ गरी बोलपत्रमै आफ्नो कम्पनीसँग अनुकूल हुने स्पेसिफिकेसन राखेर ठेक्का लिने गरेको छ । समानान्तरले सेटिङमा ठेक्का लिएकामध्ये महान्यायाधीवक्ताको कार्यालय, गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भक्तपुर जिल्ला अदालत लगायत हुन् ।

सर्वोच्च अदालतको सवा ५ अर्बको ठेक्का पनि सेटिङमै लिएको बिषयमा सार्वजनिक टिकाटिप्पणी भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेशर राणासँग सेटिङ गरी उनले सर्वोच्चको ठेक्का सेटिङमै हत्याएका छन् । भक्तपुर जिल्ला अदालतको भवनमा ७० करोड कम दरमा बोलपत्र पेश गर्नेलाई नदिई खरिद ऐन नियम सबै मिचेर समानान्तरलाई ठेक्का दिइएको थियो ।

सेटिङमा ठेक्का लिंदै प्रतिस्पर्धालाई सीमित गरी राज्यलाई अरबौं नोक्सान पार्ने काम समानान्तरले गर्दै आएको छ । समानान्तरले करिब ६० अर्ब रुपैयाँको भवनका काम गरिरहेको छ । मन्त्रालय, विभाग र कार्यालयका प्रमुखसँग सेटिङ गरी ठेक्का लिँदैआएको समानान्तरले बनाएको गोदावरीको भवन निर्माण सकिएर हस्तान्तरण हुनासाथ चुहिएको थियो ।

समानान्तरले सेटिङमै ठेक्का लिएको पाइएपछि काठमाडाैं महानगरपालिकाको टेकूस्थित भवन निर्माणको ठेक्का नै विवादमा परेको छ । महानगरपालिकाले टेकूको भवन निर्माणको ठेक्का समानान्तरलाई दिने क्रममा अनियमितता गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार निर्देशक भैरवबहादुर बोगटीसहित ५ जनाबिरुद्ध मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्