Logo
Logo

सर्वदलीय बैठक आज, संसद्को गतिरोध अन्त्य होला ?


1.9k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने आज दलहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन् । प्रधानमन्त्री देउवाल आइतबार (आज) दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी. जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको उनले बताए ।

संसद्को गतिरोध अन्त्य गर्नका लागि आजको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । ‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै दललाई पत्र पठाइसकिएको छ,’ उनले भने । गत मंसिर २८ गते बैठक बोलाएपछि एमालेले निरन्तर रुपमा संसद् अवरुद्ध पार्दै आइरहेको छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।

बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्