Logo
Logo

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन विभागको अनुरोध


1k
Shares

काठमाडौं । देशमा हाल उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको र देशभर चिसो बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । काठमाडौँको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको सबैभन्दा कम माइनस ५.३ डिग्री सेल्सियस रहेको छ ।

यस्तै आज देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मंगलबार भने प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्