Logo
Logo

छुरा प्रहारबाट एक जनाको मृत्यु


819
Shares

सिरहा । यहाँको गोलबजार नगरपालिका–६ मा गएराति दुई समूहबीच छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

गोलबजार – ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा लागी गम्भीर घाइते उनीलाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ स्थित आरके मेरिसिटी अस्पताल लगिए पनि तत्कालै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान तथा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्