Logo
Logo

चर्चभित्र ९ वर्षीय बालकको शंकास्पद मृत्यु


945
Shares

रूपन्देही । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालकको झुण्डिएर मृत्यु भएको छ । उक्त घटना शंकास्पद भन्दै स्थानीयले छानबिन गर्न माग गरेका छन् ।

शनिबार ९ वर्षीय बालक आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएको थियो । तत्कालै उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । परिवारले भने बालकको मृत्यु भइसकेपछि दिउँसो २ बजेमात्रै प्रहरीलाई खबर गरेका थिए ।

घटना रहस्यमय र शंकास्पद देखिएकोले छानविनको माग गरेको स्थानीय हिरामणी न्यौपानेले बताए । इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने भन्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्