Logo
Logo

सशस्त्रका एसएसपीको पदस्थापन र सरुवा, विवादितलाई इन्टेलिजेन्स ब्यूरो


142.9k
Shares


काठमामौं । सशस्त्र प्रहरीका ११ एसएसपीको पदस्थापन तथा चार जनाको सरुवा भएको छ । गृह मन्त्रालय स्तरबाट भएको निर्णयअनुसार हालै कामु एसएसपी भएकालाई नयाँ जिम्मेवारीमा खटाइएको छ ।


सरुवा हुने चार एसएसपीमा विदुर खड्का आर्थिक प्रशासन महाशाखा, दीपक अधिकारी कमाण्ड एण्ड स्टाफ कलेज, विनोदराज श्रेष्ठ र प्रकाश थापा मानव स्रोत विभाग रहेका छन् ।


कामुमा बढुुवा एसएसपीहरु प्रविण कंडेलको पशुपती बाहिनी,विष्णु प्रसाद भट्ट छिन्नमस्ता बाहिनी, दिगविजय सुवेदी विन्ध्यावासिनी बाहिनी, विश्व भट्टराई बराह बाहिनी र भुपेन्द्र केसीको सीमा बिभागमा पदस्थापन भएको छ । कमल प्रसाद तिउसीना महानिरीक्षकको सचिवालय,नीरकृष्ण अधिकारी महेश्वरी बाहिनी,सुधिरजंग थापा राष्ट्रिय सुरक्षा परिषद्,किरण बस्नेत मानवस्रोत विभाग,माधवप्रसाद पौडेल गढिमाई बाहिनी र दिपेन्द्र कुंवरको एपिएफ ईन्टेलिजेन्स ब्युरोमा पदस्थापन भएको स्रोतले जनाएको छ । विवादास्पद रहेका कुँवरलाई इन्टेलिजेन्स ब्यूरोको प्रमुख बनाइएको छ । स्टाफ कलेजको इन्ट्रास पास नगरेपछि उनलाई चोरबाटोबाट नेपाली सेनामा स्टाफ कलेज गर्न पठाइएको थियो । कार्यक्षमतामा निकै कमजोर रहेका कुँवरले राजनीतिक आडमा फाइदा लिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्