काठमाडौं । हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजयपछि कमल थापाले सामाजिक सञ्जालमा धाराप्रर्वाह राजसंस्थाप्रति आक्रोश पोख्दै आएका छन् ।
यसैक्रममा राप्रपाका पूर्वअध्यक्ष थापाले राजसंस्था पुर्नस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने बताउँदै निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नहुने टिप्पणी गरेका छन् ।
महाधिवेशनमा आफूविरुद्ध पूर्वराजा ज्ञानेन्द्रसहित निर्मल निवासबाट अवाञ्छित गतिविधि भएको भन्दै थापाले छानबिन गर्न माग गर्दै आएका छन् । थापाले दलको आन्तरिक मामिलामा राजसंस्थाले हस्तक्षेप गरेको समेत आरोप लगाएका छन् ।
लामो समयदेखि राजासहितको हिन्दू राज्यको पक्षमा सडक र सदनमा आवाज उठाउँदै आएका थापाले आइतबार थापाले सामाजिक सन्जालमार्फत विदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने जनाएका हुन् ।
उनले भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुनःस्स्थापनाको एकमात्र बाटो हो । बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन । सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’
राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो हो।बिदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन।सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने “निर्मल निवास”को सोचाई गलत र प्रत्युत्पादक छ
— Kamal Thapa (@KTnepal) December 19, 2021