Logo
Logo

भर्सटायल रुक्साना : निर्णायकको मन जित्दै, अगाडि बढ्दै


1.8k
Shares

काठमाडौं । रुक्साना लिम्बू ‘द भ्वाइस अफ नेपाल किड्स’को लाइभ शोमा प्रवेश गरेकी छन् । शनिबार भएको ‘ब्याटल राउण्ड’ पार गर्दै ९ वर्षीया रुक्साना लाइभ शोमा प्रवेश गरेकी हुन् ।

रुक्सानाले प्रतियोगिताको सुरुदेखि नै प्रशंसा पाउँदै आएकी छन् । निर्णायकहरुको मन जित्न सफल हुँदै आएकी झापाकी रुक्सानाको गायन प्रतिभालाई ‘भर्सटायल’को रुपमा चर्चा गरिन थालिएको छ ।

‘ब्याटल राउण्ड’मा तीन जना प्रतिस्पर्धी थिए । जसमा रुक्साना लाइभ शोका लागि छनोट भएकी हुन् । शनिबार भएको ‘ब्याटल राउण्ड’बाट छानिएका प्रतिस्पर्धीले अब लाइभ पर्फमेन्स गर्नेछन् ।

आफ्नी छोरीले ‘ब्याटल राउण्ड’ पार गरेपछि रेखा लावती लिम्बूले खुसी व्यक्त गर्दै भनिन्, ‘मलाई रुक्सानाले भ्वाइस अफ नेपाल किड्सको उपाधि जितेको हेर्ने मन छ ।’ उनी आशावादी पनि छिन् । ‘सुरुका दिनभन्दा अहिले रुक्सनाले राम्रो गरिरहेकी छन्’ रुक्सानाकी आमा रेखा भन्छिन्, ‘उनको गायनमा निखारता आइरहेको छ ।’

रुक्सना जर्ज प्रमोड टिममा छन् । जर्ज प्रमोद खरेलले पनि रुक्सनाको गायनलाई ‘भर्सटायल’को संज्ञा दिएका छन् । ‘ब्याटल राउण्ड’ पार गरेपछि प्रमोदले भने, ‘रुक्सना एक यस्ता प्रतिभा हुन्, जो भर्सटाय छिन् । उनी जस्तो गीत पनि गाउन सक्छिन् ।’

त्यसो त हाल प्रसारण भइरहेको द भ्वाइस अफ नेपाल किड्समा एकसेएक प्रतिभाहरु छन् । जसले दर्शक तथा निर्णायकहरुलाई समेत मन्त्रमुध्न पार्दै आएका छन् । प्रोफेशनल गायक÷गायिका भन्दा उनीहरु कम छैनन् ।

द भ्वाइस अफ नेपाल किड्समा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी निर्णायकका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्