Logo
Logo

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी


1.2k
Shares

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री निवास बलुवाटारमा सत्तारुढ दल सम्मिलित गठबन्धनको बैठक जारी छ ।

आज साँझ ४ बजे बस्न लागेको सर्वदलीय बैठक अगाडि सत्तारुढ गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

सर्वदलीय बैठक लक्षित राष्ट्रिय मुद्धाहरुमा साझा धारणा बनाउनका लागि गठबन्धनको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालका दुर्गा पौडेल लगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्