Logo
Logo

ओली व्यक्तिगत स्वार्थमा लागेकाले सरकारबाट बाहिरिनु पर्‍याे : कानुन मन्त्री यादव


2.9k
Shares

कलैया । प्रदेश २ का कानुन मन्त्री प्रमोद यादवले एमाले अध्यक्ष केपी शर्मा ओली व्यक्तिगत स्वार्थमा लागेकाले सरकारबाट बाहिरिनु परेको बताएका छन् ।

बाराको कलैया उपमाहानगरपालिका वडा नम्वर २३ आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले ओलीको स्वार्थकै कारण एमालेले केन्द्रदेखी प्रदेशसम्मको सरकार गुमाउनुपरेको बताएका हुन् ।

अबको भविष्य नेकपा एकीकृत समाजवादी पार्टीको रहेको उनको भनाइ छ । मन्त्री यादवले एकीकृत समाजवादी पार्टीमा ठग, भ्रष्टचारी, गुण्डा नाईके नरहेको उनले बताए । जिल्ला तहदेखि केन्द्रसम्मको नेतागण जनताको हक हितको लागि राजनीति गरिरहेको उनले बताए ।

कार्यक्रममा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य दिनेश राई, केन्द्रीय सदस्य श्रीप्रसाद पासवान, बारा जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, उपाध्यक्ष उसमान अंसारी, विजेन्द्र चौधरी, सचिव विक्रम ठाकुर, कलैया नगरकमिटीका अध्यक्ष अरुण खनाल सहितका नेताहरु सहभागी सोही कार्यक्रमका बीच वडा कमिटी समेत गठन भएको छ ।

सरोज पटेलको अध्यक्षतामा गठन भएको कमिटिको उपाध्यक्षमा विनोद पटेल, रन्जित कुशवाहा, सचिवमा नागिन्द्र मिश्रा रहेका छन् । यस्तै असर्फी पटेलको अध्यक्षतामा युवा संघ नेपालको वडा कमिटी समेत गठन भएको छ । कमिटीको उपाध्यक्षमा कपिल पटेल, देवेन्द्र पटेल, सचिव आकाश कुशवाहा, उपसचिव गेनालाल पटेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्